धादिङमा इभी माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते

धादिङ : धादिङको गजुरी गाउँपालिका–६ स्थित आदमघाट नजिक काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको इभी माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । बाग्मती प्रदेश ००६ख ७२२१ नम्बरको माइक्रोबस तीव्र गतिका कारण नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रारम्भिक जानकारी धादिङ प्रहरीले दिएको छ ।

दुर्घटनामा घाइते भएका सबैलाई उद्धार गरी उपचारका लागि नजिकको स्वास्थ्य संस्थामा पठाइएको छ । घाइतेहरूको अवस्था सामान्यदेखि मध्यम रहेको प्रारम्भिक विवरणमा उल्लेख गरिएको छ । घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.