हेटौँडा–भैँसे सडकमा तीन सवारी ठोक्किँदा दुई घाइते

मकवानपुरको भीमफेदी गाउँपालिका–१, सुन्दरीमाईस्थित हेटौँडा–भैँसे सडकखण्डमा आइतबार दिउँसो सवारी दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।

दिउँसो करिब ३ बजे हेटौँडाबाट भैँसेतर्फ जाँदै गरेको कार र विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए। सोही क्रममा पछाडिबाट आइरहेको सुमोले मोटरसाइकललाई थप ठक्कर दिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक ३० वर्षीय गंगाप्रसाद सुवेदी र पछाडि सवार २९ वर्षीय मनोज कठायत घाइते भएका छन्। दुवैको अवस्था मध्यम रहेको र उपचारका लागि हेटौँडा अस्पतालमा भर्ना गरिएको छ।

प्रहरीले घटनामा संलग्न कार चालक जगत डंगोल र सुमो चालक ईश्वर कार्कीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.