नेपाल–ओमान भिडन्त आज, कीर्तिपुरमा प्रतिस्पर्धा

काठमाडौँ — आईसीसी पुरुष क्रिकेट वर्ल्ड कप लिग–२ अन्तर्गत आज नेपालले ओमानसँग महत्वपूर्ण खेल खेल्दैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९:३० बजे सुरु हुने यस खेलले दुवै टोलीका लागि अंकतालिकामा स्थान सुधार्ने अवसर प्रदान गर्नेछ।

जारी सिरिजमा नेपाल र ओमानबीच यो पहिलो भेट हो। नेपालले आफ्नो पहिलो खेलमा यूएईलाई हराउँदै सुखद सुरुआत गरेको थियो, जसले टोलीको मनोबल उच्च बनाएको छ। यता, ओमान भने यूएईसँग पराजित भएपछि आजको खेलमा जित निकाल्दै लयमा फर्किने प्रयासमा हुनेछ।

हाल लिग–२ को अंकतालिकामा नेपाल सातौँ स्थानमा रहेको छ भने ओमान तेस्रो स्थानमा छ। त्यसैले आजको खेल दुवै टोलीका लागि रणनीतिक रूपमा निकै महत्वपूर्ण मानिएको छ।

घरेलु मैदान र समर्थकको साथ पाएको नेपालले जितको निरन्तरता कायम राख्न चाहे पनि बलियो ओमानलाई रोक्न चुनौतीपूर्ण हुने देखिन्छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.