हेटौँडामा १३७ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विविध कार्यक्रमसहित मनाइयो

हेटौँडा — १३७ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस शुक्रबार मकवानपुरको हेटौँडामा प्रभातफेरी र औपचारिक सभासहित मनाइएको छ। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) मकवानपुरको आयोजनामा दिवस विविध कार्यक्रम गरी सम्पन्न गरिएको हो।

प्रत्येक वर्ष मे १ तारिखमा मनाइने श्रमिक दिवस सन् १८८६ मा संयुक्त राज्य अमेरिकामा भएको मजदुर आन्दोलनको स्मरणमा सुरु गरिएको हो। सोही ऐतिहासिक पृष्ठभूमिलाई सम्झँदै हेटौँडामा पनि मजदुर अधिकार र सम्मानको विषयलाई केन्द्रमा राखेर कार्यक्रम गरिएको हो।

कार्यक्रम अन्तर्गत बुद्धचोकबाट सुरु भएको ¥याली बजार परिक्रमा गर्दै हेटौँडा–४ स्थित रोयल पार्टी प्यालेसमा पुगेर सभामा परिणत भएको थियो। यस वर्षको नारा ‘कामको अधिकार, श्रमको सम्मान, सीपको अभिवृद्धि : प्रविधिसँग प्रगति–श्रमिकसँग समृद्धि’ रहेको थियो।

जिफन्ट मकवानपुरका अध्यक्ष शम्भु लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रामेश्वर राना मगर प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा बागमती प्रदेश सभा सदस्य भारती पाठक, एकलाल श्रेष्ठ, हेटौँडा–४ का वडा अध्यक्ष नवीन सिग्देल तथा पूर्व संविधान सभा सदस्य अन्नत पौडेललगायतको उपस्थिति रहेको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.