आँचल साहित्य कला पुञ्जमा नयाँ नेतृत्व: निरा शर्मा अध्यक्ष चयन, आरसी रिजाल सम्मानित

मकवानपुरमा सक्रिय महिला साहित्यकारहरूको संस्था आँचल साहित्य कला पुञ्जले नयाँ नेतृत्व पाएको छ। शुक्रबार सम्पन्न पाँचौं अधिवेशनबाट निरा शर्मा निर्विरोध अध्यक्षमा चयन भएकी हुन्। यसअघि उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएकी शर्माले अब संस्थाको नेतृत्व सम्हाल्नेछिन्।

निर्वाचन मण्डल संयोजक पूर्णकला घिमिरेका अनुसार नयाँ कार्यसमितिमा उपाध्यक्षमा भवानी तिमल्सिना, सचिवमा एलिजा पुडासैनी, सहसचिवमा सरिता दाहाल र कोषाध्यक्षमा संझना अधिकारी चयन भएका छन्। सदस्यहरूमा रजनी पौडेल, अनु रोक्का, सिर्जना पौडेल र गोपिनी गौतम रहेका छन्।

नवनिर्वाचित अध्यक्ष शर्माले संस्थापक तथा पूर्व अध्यक्ष स्वर्गीय अप्सरा तिम्सेनाको सम्झनामा स्मृति ग्रन्थ प्रकाशन गर्ने र ‘आँचल परिचय ग्रन्थ’ ल्याउने योजना सार्वजनिक गरिन्। साथै महिला साहित्यको प्रवर्द्धनमा थप सिर्जनशील कार्यक्रम अघि बढाउने प्रतिबद्धता व्यक्त गरिन्।

यही अवसरमा पुञ्जले हास्य–व्यङ्ग्य साहित्यकार आर.सी. रिजाललाई अभिनन्दन गरेको छ। हेटौंडामा आयोजित कार्यक्रममा उनलाई साहित्य क्षेत्रमा दिएको योगदानको कदर गर्दै सम्मान गरिएको हो।

पाँचौं अधिवेशन, चौधौं साधारण सभा तथा पारिजात स्मृति दिवसको सन्दर्भ पारेर गरिएको कार्यक्रममा मुक्ति गोविन्द बैद्य र हरिबंश भेटवालले रिजाललाई अभिनन्दन गरेका थिए। कार्यक्रममा विभिन्न साहित्यकारहरूले आफ्ना रचना वाचन समेत गरेका थिए।

कार्यक्रम पुञ्जकी अध्यक्ष भावना सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.