हेटौँडा उपमहानगरपालिकाले सेफ्टी टंकी सफाइ सेवा पुनः सञ्चालनमा ल्याएको छ। गत चैत्रमा भएको जेन्जी आन्दोलनका क्रममा उपमहानगरपालिका परिसरमा रहेको सफाइ टंकीमा आगलागी हुँदा टंकीमा जडान गरिएको सस्सन पम्पसहित अन्य सवारीसाधनमा क्षति पुगेको थियो। त्यसपछि उपमहानगरले केही समय सेवा बन्द गर्न बाध्य भएको थियो।
अब नयाँ सफाइ मेसिन जडान गरिएसँगै सेवा पुनः सुरु गरिएको उपमहानगरको वातावरण शाखाले जनाएको छ। शाखाका अनुसार आजदेखि हेटौँडा उपमहानगरभित्रका बासिन्दाले पुनः सेफ्टी टंकी सफाइ सेवा लिन सक्नेछन्।
उपमहानगरले सेवा अवरुद्ध हुँदा नागरिकलाई परेको असुविधाप्रति ध्यान दिँदै आवश्यक उपकरण व्यवस्थापन गरी सेवा सुचारु गरिएको जनाएको छ।
प्रतिकृया दिनुहोस्















