देशभरका संघीय अनुदान शिक्षकले ५ हजार महँगी भत्ता माग

देशभरका सामुदायिक विद्यालयमा कार्यरत १० हजार ८६६ जना संघीय अनुदान शिक्षकहरूले मासिक ५ हजार रुपैयाँ महँगी भत्ता उपलब्ध गराउन माग गरेका छन् । उनीहरूले आगामी आर्थिक वर्षको बजेटमा उक्त व्यवस्था गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसमक्ष संयुक्त निवेदन पेस गरेका हुन् ।

निवेदनमा वर्तमान आर्थिक शिथिलता र बढ्दो महँगीका कारण न्यून तलबमा जीवनयापन गर्न कठिन भएको उल्लेख गरिएको छ । अन्य राष्ट्रसेवक कर्मचारी, स्थायी तथा राहत शिक्षकहरूले महँगी भत्ता पाइरहेको भए पनि आफूहरू भने उक्त सुविधाबाट वञ्चित रहेको उनीहरूको गुनासो छ ।

संघीय अनुदान शिक्षकहरूले समान कार्यभार भए पनि समान सुविधा नपाएको भन्दै यसलाई अन्यायपूर्ण व्यवस्था भएको बताएका छन् । उनीहरूले मासिक ५ हजार रुपैयाँ महँगी भत्ता उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।

शिक्षा मन्त्रालयमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय र सम्बन्धित निकायसँग समन्वय गरी बजेटमा आवश्यक रकम विनियोजन गर्नुपर्ने उनीहरूको माग छ ।

शिक्षा क्षेत्रको गुणस्तर सुधार तथा शिक्षकहरूको मनोबल उच्च राख्न पेसागत न्याय सुनिश्चित गर्न सरकारको ध्यान आवश्यक रहेको पनि निवेदनमा उल्लेख गरिएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.