कक्षा १२ को नतिजा ४५ दिनभित्र सार्वजनिक गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल परीक्षा सम्पन्न भएको ४५ दिनभित्र सार्वजनिक गर्ने तयारी अघि बढाएको जनाएको छ । नतिजा प्रकाशनलाई छिटो र व्यवस्थित बनाउन बोर्डले मूल्यांकन तथा तथ्यांक व्यवस्थापनको काम तीव्र गतिमा सञ्चालन गरिरहेको छ ।

बोर्डका अनुसार परीक्षा सकिएको करिब दुई सातामै नतिजासम्बन्धी आधाभन्दा बढी काम सम्पन्न भइसकेको छ । हाल उत्तरपुस्तिका परीक्षणको काम ५० प्रतिशतभन्दा बढी पूरा भइसकेको जानकारी दिइएको छ ।

परीक्षण सम्पन्न भएका उत्तरपुस्तिकाको प्राप्तांक सम्परीक्षण गरी कम्प्युटर प्रणालीमा प्रविष्ट गर्ने काम पनि सँगसँगै भइरहेको बोर्डले जनाएको छ । जुन विषयको परीक्षण सकिन्छ, त्यसको सम्परीक्षण र तथ्यांक प्रविष्टि तत्काल अघि बढाइएकाले नतिजा प्रकाशन प्रक्रिया छरितो हुने अपेक्षा गरिएको छ ।

नतिजा प्रकाशनमा ढिलाइ नहोस् भन्ने उद्देश्यले परीक्षा सकिएकै दिनदेखि उत्तरपुस्तिका परीक्षण सुरु गरिएको बोर्डले जनाएको छ । हाल देशभरका ४२ परीक्षण केन्द्रमार्फत उत्तरपुस्तिका मूल्यांकन कार्य भइरहेको छ ।

यस वर्ष कक्षा १२ परीक्षामा देशभरबाट करिब ४ लाख १८ हजार विद्यार्थी सहभागी भएका थिए । यसअघि बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा पनि परीक्षा सम्पन्न भएको २९ दिनमै सार्वजनिक गरेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.