समुदायमा आधारित रोग निगरानी (CBS) सम्बन्धी वडास्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न

मनहरी । मकवानपुरको मनहरी गाँपालिका वडा नम्बर २ मा समुदायमा आधारित रोग निगरानी (CBS) सम्बन्धी वडास्तरीय अभिमुखीकरण कार्यक्रम भएको छ । कार्यक्रमले स्थानीय सरोकारवालालाई थप जिम्मेवार र सचेत गराएको छ ।

समुदायमा अनपेक्षित रूपमा विभिन्न किसिमका रोगहरु देखा परिरहेको हुन्छ । कहिले मौसमी रोगहरु त कहिले अनौठो रोगहरुले समुदायलाई त्रसित पारिरहेको हुन्छ । ती विविध समयमा देखा पर्ने विभिन्न प्रकारका रोगहरुको उपचार तथा निराकरणका लागि सम्बन्धित निकायको भूमिकाबारे समुदायलाई जानकारी गराउने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको सहिद हिरा आधारभूत स्वास्थ्य केन्द्रकी प्रमुख प्रमिलाले बताइन् ।

समुदाय स्तरमा देखा पर्ने रोग र रोगका लक्षणहरु पहिचान गरि समयमै सम्बन्धित निकाय वा स्वास्थ्यकर्मीलाई जानकारी गराएमा रोगले महामारीको रुप लिन नपाई मानवीय क्षती हुनबाट बचाउन सकिने एज्च्म् नेपालकी कार्यक्रम अधिकृत नम्रता सिलवालले बताए । साथै जनस्वास्थ्य घटनाहरूको तत्काल नजिकैको स्वास्थ्य संस्था वा टोल(फ्री नम्बर हेल्लो स्वास्थ्य १११५ मार्फत जानकारी गराउन सकिने उनले बताइन । स्वास्थ्य संस्था वा हेल्लो स्वास्थ्य १११५ मार्फत प्राप्त जानकारीलाई जनस्वास्थ्यको वेबसाईट सोरमासमा राखिने र उपचारका लागि आवस्यकता अनुसार वडा, पालिका, जिल्ला, प्रदेश र संघबाट स्वास्थ्यकर्मी खटाइने पनि उनले बताइन् ।

मनहरी गाउँपालिका जनस्वास्थ्य शाखा तथा सहिद हिरा आधारभूत स्वास्थ्य केन्द्र मनहरी२, मकवानपुरको आयोजनामा भएको उक्त कार्यक्रमले समुदाय स्तरमै हुने रोगको प्रारम्भिक पहिचान र सूचना संकलनले महामारी नियन्त्रण भइ जनधनको क्षती हुनबाट बचाउन सकिने प्रष्ट पारेको छ । यसरी मानवीय स्वास्थ्य सुरक्षालाई सुदृढ बनाउन समुदायमा सबैको सक्रिय सहभागिता हुनुपर्ने कुरामा कार्यक्रमले जोड दिएको छ । कार्यक्रममा आधारभूत स्वास्थ्य केन्द्रकी स्वास्थ्य स्वयंसेविका सरिता राना मगत र एज्च्म् नेपालकी कार्यक्रम अधिकृत नम्रता सिलवालले सहजीकरण गरेका थिए ।

कार्यक्रममा जनप्रतिनिधि, विद्यालयका प्रअ, टोल विकास संस्थाका अध्यक्ष, स्वास्थ्य संस्था व्यवस्थापन समिति, महिला स्वास्थ्य स्वयंसेविका, विभिन्न संस्थाका प्रतिनिधि लगायत समुदायका सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.