ओलीदेखि झलनाथसम्मको आह्वान– लोकतन्त्र र संविधान जोगाउन वाम सहकार्य आवश्यक

काठमाडौं । मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा देशका प्रमुख वाम नेताहरू एउटै मञ्चमा उभिँदै लोकतन्त्र, संविधान र राष्ट्रिय स्वाधीनताको संरक्षणका लागि वाम शक्तिबीच सहकार्य र एकतालाई समयको आवश्यकता भएको बताएका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीले भदौ २४ पछिका राजनीतिक घटनाक्रमले प्रतिगामी शक्तिहरू सक्रिय बन्न खोजेको दाबी गर्दै त्यसको प्रतिवाद गर्न लोकतान्त्रिक तथा वामपन्थी शक्तिबीच कार्यगत एकता अपरिहार्य रहेको बताए।

नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वाधीनता, निरङ्कुश प्रवृत्ति र वैदेशिक हस्तक्षेपविरुद्ध सबै वाम शक्तिले छिटो एकतामा पुग्नुपर्ने धारणा राखे। उनले एकतामा ढिलाइ भए मुलुकले गम्भीर राजनीतिक चुनौती सामना गर्नुपर्ने चेतावनी पनि दिए।

सहसंयोजक माधवकुमार नेपालले विगतका कमजोरीबाट शिक्षा लिँदै साझा उद्देश्यका आधारमा मिल्न सकिने विषयमा सबै वाम शक्तिहरू एकजुट हुनुपर्ने बताए।

वरिष्ठ नेता झलनाथ खनालले विगतका विभाजनले दिएको पाठलाई आत्मसात् गर्दै दीर्घकालीन र सुदृढ वाम एकताको आधार निर्माण गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा चारै नेताले फरक–फरक धारणा राखे पनि लोकतान्त्रिक व्यवस्था, संविधान र राष्ट्रिय स्वाधीनताको रक्षा गर्न वाम शक्तिबीच सहकार्य र एकतालाई अघि बढाउनुपर्ने साझा निष्कर्ष व्यक्त गरेका थिए।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.