आज राष्ट्रिय धान दिवस, दही–चिउरा खाएर मनाइँदै

काठमाडौं । देशभर आज राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने पर्व विभिन्न कार्यक्रमका साथ मनाइँदै छ। असार १५ नेपाली कृषि संस्कृति र किसानको श्रमसँग जोडिएको विशेष दिनका रूपमा परिचित छ।

परम्पराअनुसार किसानहरू खेतमा धान रोप्दै दही–चिउरा खाने चलन आज पनि निरन्तर छ। खेतको कडा मेहनतपछि दही–चिउरा खाँदा शरीरलाई शीतलता मिल्नुका साथै ऊर्जा प्राप्त हुने विश्वास गरिन्छ। यही कारण खेतीपातीमा संलग्न नभएका मानिसहरूले पनि आजको दिन दही–चिउरा खाएर पर्व मनाउने गर्छन्।

नेपालमा २०६२ सालदेखि असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउन थालिएको हो। कृषिप्रधान मुलुक भएकाले धान खेतीको महत्व झल्काउन र किसानको योगदानको सम्मान गर्न हरेक वर्ष यो दिवस मनाउने गरिन्छ।

असार महिनालाई धान रोपाइँको मुख्य समय मानिन्छ। आजका दिन किसानहरू असारे भाका गाउँदै हिलोमा धान रोप्ने, सामूहिक रूपमा रोपाइँ गर्ने तथा हिलो खेल्दै रमाइलो गर्ने परम्परा अझै जीवित छ। नेपाली समाजमा असार महिनामा एकपटक हिलोमा पस्नैपर्ने जनविश्वास पनि रहिआएको छ।

तर यस वर्ष मनसुन अपेक्षाअनुसार सक्रिय हुन नसक्दा असारको मध्यसम्म पनि देशका धेरै स्थानमा पर्याप्त वर्षा भएको छैन। त्यसका कारण धान रोपाइँको गति सुस्त बनेको किसानहरूको भनाइ छ। केही क्षेत्रमा रासायनिक मलको अभावबारे गुनासो आए पनि कृषि, वन तथा वातावरण मन्त्रालयले आवश्यक परिमाणमा मल मौज्दात रहेको जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.