थाहामा छोराको रड प्रहारबाट आमा गम्भीर घाइते, छोरा प्रहरी नियन्त्रणमा

मकवानपुरको थाहा नगरपालिकामा आफ्नै छोराको रड प्रहारबाट एक वृद्धा गम्भीर घाइते भएकी छन्। थाहा नगरपालिका–९ टौखेलकी करिब ६५ वर्षीया मसिनेमाया गमालमाथि आफ्नै घरमा सुतिरहेको अवस्थामा आक्रमण भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मसिनेमायालाई उनका कान्छा छोरा करिब २८ वर्षीय प्रविन भनिने नुनेस गमालले टाउकोमा रड प्रहार गरेका थिए। घटनापछि गम्भीर घाइते भएकी उनलाई जेठा छोरा मिनेसराज गमालले उपचारका लागि काठमाडौं लगेका थिए।

हाल उनको ललितपुरस्थित अल्का अस्पतालमा उपचार भइरहेको बागमती प्रदेश प्रहरीले जनाएको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय चित्लाङबाट प्रहरी वरिष्ठ हवल्दार श्रीरामप्रसाद यादवको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। आक्रमणमा संलग्न नुनेसलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा नुनेस डिप्रेसनको उपचारमा रहेका र नियमित औषधि सेवन गर्दै आएको खुलेको प्रहरीले जनाएको छ। घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.