एसईई ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक, ६४.६५ प्रतिशत विद्यार्थी उत्तीर्ण

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ अन्तर्गत सञ्चालन गरिएको ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा आज सार्वजनिक गरेको छ।

गत असार १ देखि ९ गतेसम्म सञ्चालन भएको परीक्षामा आवेदन दिएका १ लाख ४८ हजार ५०७ परीक्षार्थीमध्ये १ लाख २९ हजार १९४ जना परीक्षामा सहभागी भएका थिए। तीमध्ये ६४.६५ प्रतिशत अर्थात् ८३ हजार ५२३ जना उत्तीर्ण भएका बोर्डले जनाएको छ।

बोर्डका अनुसार परीक्षार्थीहरूले नतिजा २० वटा विभिन्न संस्थाका वेबसाइट, आइभीआर (IVR) तथा एसएमएस/यूएसएसडी (USSD) सेवामार्फत सहज रूपमा हेर्न सक्नेछन्।

प्रकाशित नतिजाप्रति चित्त नबुझेका परीक्षार्थीहरूले असार २५ गतेदेखि ३१ गतेसम्म पुनर्योगका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। साथै, नतिजा प्रकाशनका क्रममा कुनै प्राविधिक त्रुटि देखिएमा आवश्यक परीक्षण तथा प्रमाणीकरणपछि सच्याइने बोर्डले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.