२–० ले पछि परेको अर्जेन्टिनाको शानदार पुनरागमन, इजिप्टलाई हराउँदै क्वाटरफाइनलमा

साविक विजेता अर्जेन्टिनाले दुई गोलले पछि परेको अवस्थाबाट अविश्वसनीय पुनरागमन गर्दै इजिप्टलाई ३–२ ले पराजित गरेको छ। रोमाञ्चक जितसँगै अर्जेन्टिनाले फिफा विश्वकप–२०२६ को क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो।

अमेरिकाको एटलान्टास्थित स्टेडियममा बुधबार भएको खेलमा इजिप्टले सुरुवातदेखि नै दबाब बनाएको थियो। खेलको १५औँ मिनेटमा यासेर इब्राहिमले गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसपछि ६७औँ मिनेटमा मुस्तफा जिकोले अर्को गोल थपेपछि इजिप्ट २–० को बलियो अवस्थामा पुगेको थियो।

तर त्यसपछि अर्जेन्टिनाले खेलमा उत्कृष्ट पुनरागमन गर्‍यो। ७९औँ मिनेटमा क्रिस्टियन रोमेरोले गोल गर्दै अन्तर घटाए भने ८३औँ मिनेटमा कप्तान लियोनेल मेस्सीले बराबरी गोल गर्दै खेललाई २–२ को अवस्थामा पुर्‍याए।

बराबरीपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयको तेस्रो मिनेट (९०+३) मा एन्जो फर्नान्डेजले निर्णायक गोल गर्दै अर्जेन्टिनालाई ३–२ को रोमाञ्चक जित दिलाए।

यो जितसँगै अर्जेन्टिनाले प्रतियोगिताको क्वाटरफाइनल यात्रा तय गरेको छ भने दुई गोलको अग्रता जोगाउन नसकेको इजिप्टको विश्वकप यात्रा अन्त्य भएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.