ओम्याक्स सिनेमा हल नजिकको दुर्घटनामा घाइते सन्तोष दासको निधन

A close-up of the foot of a dead person in a morgue. A blank tag is attached to the toe.

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–४ स्थित ओम्याक्स सिनेमा हल नजिक स्कुटरको ठक्करबाट गम्भीर घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ।

शनिबार दिउँसो करिब १ बजे सडक किनारमा उभिरहेका स्थानीय ४८ वर्षीय सन्तोष दासलाई कर्रातर्फबाट सिमाचोकतर्फ जाँदै गरेको बा.प्र. ०३–०४४ प २३९६ नम्बरको स्कुटरले ठक्कर दिएको थियो। दुर्घटनामा उनको टाउकोमा गम्भीर चोट लागेको थियो।

घाइते दासलाई तत्काल हेटौँडा अस्पतालमा उपचारका लागि लगिएको थियो। त्यहाँ प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौंस्थित अन्नपूर्ण न्यूरो अस्पताल रिफर गरिएकोमा उपचारकै क्रममा बुधबार बिहान उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

दुर्घटनामा संलग्न स्कुटर चालक मकवानपुरगढी गाउँपालिका–६ डुम्रेकुनाका १८ वर्षीय मनिष गौतमलाई प्रहरीले घटनालगत्तै नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.