गायक जनक लामाको नयाँ तामाङ सेलो ‘म्हारला व्यापारी’ सार्वजनिक

गायक जनक लामाको नयाँ तामाङ सेलो

हेटौंडा । मकवानपुरका उदीयमान गायक जनक लामाको नयाँ तामाङ सेलो गीत ‘म्हारला व्यापारी’ सार्वजनिक भएको छ। सांगीतिक क्षेत्रमा निरन्तर सक्रिय रहेका गायक लामाले उक्त गीतको अडियो संस्करण आफ्नो युट्युब च्यानल ‘जनक लामा’ मार्फत सार्वजनिक गरेका हुन्।

कान्छी माया थोकरसँगको युगल स्वरमा सजिएको गीतमा प्रेमिल भावना र तामाङ सांगीतिक परम्पराको रमाइलो संयोजन गरिएको छ।

गीतका शब्द सुशिल तामाङले लेखेका हुन् भने संगीत संयोजन चेतन लामाको रहेको छ। जोगलाल लामाले एरेन्ज गरेको यो गीतको मिक्सिङ तथा मास्टरिङ सानुबाबु घिसिङले गरेका छन्। रेकर्डिङ अर्पण स्टुडियोमा गरिएको हो।

गायक जनक लामाले यसअघि पनि थुप्रै तामाङ गीतमार्फत स्रोतामाझ राम्रो चर्चा र लोकप्रियता हासिल गरिसकेका छन्। ‘म्हारला व्यापारी’ को सार्वजनिक भएसँगै सामाजिक सञ्जाल तथा युट्युबमार्फत स्रोताहरूबाट सकारात्मक प्रतिक्रिया आउन थालेको छ।

आफ्नो नयाँ गीतप्रति उत्साहित देखिएका गायक लामाले यसलाई सांगीतिक यात्राको अर्को महत्वपूर्ण पाइलाका रूपमा लिएको बताएका छन्। उनी मकवानपुरको बकैया गाउँपालिका–७ निवासी हुन्। हेर्नुहोस् भिडियो–

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.