मनहरी खेलकुद तथा व्यापार महोत्सव: शनिबार श्याम राना र भुमिका गिरी आउने

मनहरी । मनहरी ८ सिम्पनीमा जारी मनहरी खेलकुद तथा ब्यापार महोत्सवको चौंथो दिन शनिबार चर्चित दोहोरी कलाकार श्याम राना र भुमिका गिरी आउनुहुने भएको छ।

तेस्रो दिन शुक्रबार लोकदोहोरी गायक बालकुमार श्रेष्ठ, सञ्जीव सिंह राना, सीता कँडेल र रामप्रसाद पौडेलले प्रस्तुति दिनुभएको थियो ।

महोत्सव उद्घाटनपछिका दिनहरुमा भन्दा दर्शकको संख्या समेत बृद्धि भएको आयोजक समितिका सदस्य कविन मगरले बताउनुभयो । शनिबार चर्चित कलाकारहरु आउने भएपछि महोत्सवको माहोल नै अर्कै हुने अपेक्षा राखिएको मगरले बताउनुभयो ।

शनिबार श्याम र भुमिका सँगै यस क्षेत्रका चर्चित कलाकार एबम् नेपालकै पहिलो चेपाङ गायक रविनकुमार चेपाङ, बीरु घलान र रुपक घिमिरेको प्रस्तुति रहने आयोजक मनहरी खेलकुद विकास समितिले जनाएको छ । नृत्यतर्फ आस्था कला केन्द्रका कलाकारहरुले प्रस्तुति दिने कार्यक्रम छ ।

फागुन २१ गतेदेखि सुरु भएको महोत्सव चैत ४ गतेसम्म सञ्चालन हुनेछ । यो अबधिमा फुटवल (अध्यक्ष कप), क्रिकेट, एथ्लेटिक्स, ब्याडमिन्टन र भलिवल प्रतियोगिताहरु समेत सञ्चालन हुनेछ खेलकुद विकास समितिका सदस्य विकास पाख्रीनले बताउनुभयो ।

जस अनुसार फुटवल मनहरी गाउँपालिका ७ स्थित मदन भण्डारी क्षेत्रीय रंगशालामा शनिबारबाट सुरु हुने उहाँले बताउनुभयो । अध्यक्ष कपकै निरन्तरता स्वरुप सञ्चालन गरिने फुटवलमा १ नं वडाबाहेक अन्य सबै वडाहरुका ८ टिमले सहभागिता जनाउनेछन् । फुटवलको फाइनल खेल चैत २८ गते सम्पन्न हुनेछ भने बिजेताले १ लाख रुपियाँ र उपबिजेताले ५० हजार रुपियाँ प्राप्त गर्नेछन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.