हेटौंडा ।आज हिन्दू महिलाहरूले देशभर धुमधामका साथ हरितालिका तीज पर्व मनाउँदै छन्। हिन्दू महिलाहरुको महान पर्व हरितालिका तीज भगवान् शिव र पार्वतीको आराधना गर्दै मनाइने गरिन्छ । तीज पर्व विशेषगरी अविवाहित महिलाले योग्य वर पाउन र विवाहित महिलाले आफ्नो पतिको दीर्घायु तथा परिवारको समृद्धिका लागि व्रत बसेर पूजा गर्ने परम्परा रहेको छ।
परापूर्वकालमा पार्वतीले शिवलाई पतिको रूपमा पाउन तपस्या गरेकी थिइन् र फलस्वरूप उनले भगवान शिवलाई पतिको रूपमा पाएकी थिइन्। त्यसैले तीजलाई पावर्तीले भगवान शिवलाई प्राप्त गरेको दिनको स्मरण मनाइने गरिएको मान्यता रहीआएको छ।
आजको दिन बिहानै व्रत बसेर भगवान् शिव–पार्वतीको आराधना गर्ने चलन रहेको छ। आजको दिनमा देशभरका शिव मन्दिरहरूमा बिहानैदेखि भक्तजनको भीड लागेको छ।
प्रतिकृया दिनुहोस्


















