हेटौंडा। मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौडा अस्पतालले मानव सेवा आश्रम, मुख्य कार्यालय हेटौडामा आश्रय लिई रहनुभएका २५० जना आमाबुवा तथा दाजुभाइ–दिदीबहिनीहरूका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।
आश्रममा रहेका सेवा–प्राप्तकर्ताहरूको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै सञ्चालन गरिएको शिविरमा चिकित्सक टोलीले स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यक उपचार सेवा प्रदान गरेको थियो।
मानव सेवा आश्रमका अनुसार, यस्ता स्वास्थ्य शिविरहरूले आश्रम परिवारको स्वास्थ्य सुरक्षासँगै आत्मबल पनि बढाउने भएकाले यसको ठूलो महत्व रहनेछ।
स्वास्थ्य शिविरमार्फत सेवाभाव प्रकट गर्नुभएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौडा अस्पताल परिवारलाई आश्रमले धन्यवाद ज्ञापन गरेको छ।
प्रतिकृया दिनुहोस्






















































