हेटौँडा । मकवानपुरगढी गाउँपालिका–७ का वडा अध्यक्ष सुर्यबहादुर रुम्बा र वडा नं २ का अध्यक्ष बखानसिंह पाख्रिनले गाउँपालिका भित्रको गैरिभन्ज्याङ–बासपानी–सुकौरा सडकखण्डस्थित कार्किखोलामा पक्की पुल निर्माणका लागि बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ समक्ष मागपत्र बुझाएका छन्।
प्रदेश मुख्यमन्त्रीलाई पेश गरिएको उक्त मागपत्र संविधान सभा सदस्य प्रल्हाद लामिछानेको उपस्थितिमा बुझाइएको हो।
गत भदौ ६ गते परेको अविरल वर्षाका कारण सो सडकखण्डमा मानवीय क्षति समेत भएको थियो। जोखिमपूर्ण रूपमा सञ्चालन हुँदै आएको उक्त सडक दैनिक जीवन र कृषि उत्पादन बजारसम्म पुर्याउने मुख्य मार्ग बनेको छ। पुल अभावमा स्थानियवासी तथा कृषक वर्षौंदेखि असुरक्षित यात्रा गर्न बाध्य छन्।
मागपत्रमार्फत पुल निर्माणका लागि आवश्यक बजेट व्यवस्थापन गर्न तथा संघीय र प्रदेश सांसदहरूले समेत यसतर्फ विशेष ध्यान दिन आग्रह गरिएको छ।























































