मकवानपुरमा मंगोल नेशनल अर्गनाइजेशनको बृहत् प्रचार गर्दैँ

हेटौँडा । मंगोल नेशनल अर्गनाइजेशन बागमती प्रान्तिय सभाद्धारा आयोजना हुने बृहद मंगोल अधिकार सभा कार्यक्रम सम्पन्न गर्नको निमिता मकवानपुरको विभिन्न स्थानमा बृहद प्रचार प्रसार भइरहेको जिल्ला प्रचार प्रसार सचिव विश्वास गोलेले बताएका छन ।

यस कार्यक्रमले देशको सम्पुर्ण जनता माज एकता कायम गर्ने साथ साथै मंगोलहरुको अधिकारलाई उजागर पार्ने उद्धेश्य रहेको र मकवानपुरको हेटौंडामा हेटौडा १० भुटनदेवी चौरमा बृहत् मंगोल अधिकार सभा कार्यक्रम हुने अर्गनायजेसनका जिल्ला सह सचिब सुजन थिङले बताए ।

आसोज ९ गते हुने यस कार्यक्रम बृहद ढंगबाट मुलबासी मंगोलहरुको अधिकारलाई राज्यले गुमनाम बनाएको कारण उक्त कार्यक्रम मार्फत राज्यलाई चेतावनी दिने र कार्यक्रम देशको ७ वटै प्रदेशमा एकै दिन संचालन हुने मंगोल नेशनल अर्गनाइजेसनको जिल्ला सभा अध्यक्ष केवि मुक्तान ले बताए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.