हेटौंडा । हेटौंडा उपमहानगरपालिका क्षेत्रमा खानेपानी तथा ढल व्यवस्थापन प्रणालीलाई सुदृढ बनाउन एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजना अन्तर्गत सार्वजनिक छलफल गरिएको छ।
हेटौंडा–५ स्थित कर्रा फोहर पानी प्रशोधन केन्द्रको पुनःनिर्माण तथा पुनःस्थापना सम्बन्धी सरोकारवालासँगको छलफलमा स्थानीय प्रतिनिधि, सरोकारवाला निकायका अधिकारी, प्राविधिक र समुदायका सदस्यहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा सरोकारवालाले प्रशोधन केन्द्र पुनःनिर्माण भएपछि प्रदूषण नियन्त्रण, सरसफाइ सुधार, स्वच्छ खानेपानी आपूर्ति र दीर्घकालीन ढल व्यवस्थापनमा सहज हुने अपेक्षा व्यक्त गरेका छन्।
हेटौंडा उपमहानगरपालिकाले यस योजनालाई शहरको दिगो विकासका लागि महत्त्वपूर्ण परियोजनाको रुपमा लिएको छ।
प्रतिकृया दिनुहोस्






















































