हेटौंडा । नेपालमै रहेर केही गर्ने संकल्प बोकेका युवाहरुको पहलमा जे एण्ड वी बार ट्रेनिङ स्कुल सञ्चालनमा आएको छ। नगर प्रमुख मीनाकुमारी लामाले उद्घाटन हेटौँडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाले स्कूलको उद्घाटन गरेकी हुन् । उक्त स्कुल युवाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले स्थापना गरिएको हो।
उद्घाटन कार्यक्रममा आफ्ना विचार राख्दै प्रमुख लामाले व्यवसाय र सीप विकासलाई जोड दिनुपर्नेमा जोड दिँदै यस्तो खालको प्रयासले शहर मात्र नभई सम्पूर्ण प्रदेशकै युवाहरुलाई फाइदा पुग्ने बताइन्।

जे एण्ड वी समूहले यसअघि पनि हेटौंडामा चारवटा शाखा मार्फत कफि व्यवसाय सञ्चालन गर्दै आएको छ। साथै, समूहले हालसम्म एक हजार भन्दा बढी युवाहरुलाई विभिन्न सीपमूलक तालिम प्रदान गरेको जनाएको छ।
प्रतिकृया दिनुहोस्






















































