मानव बेचविखन विरुद्धको राष्ट्रिय दिवसमा हेटौँडामा अन्तर्क्रिया कार्यक्रम

हेटौँडा । हेटौँडा उपमहानगरपालिका र मानव अधिकार संरक्षण तथा मानव बेचबिखन विरुद्धको सञ्जाल मकवानपुरको आयोजनामा मानव बेचविखन विरुद्धको १९ औं राष्ट्रिय दिवसको अवसरमा हेटौँडा–८ स्थित श्रृजना टोलमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा नगर प्रमुख मीनाकुमारी लामाले मानव बेचविखन जस्तो गम्भीर अपराध अन्त्य गर्न सबै तहका सरकार र सरोकारवाला निकायको साझा प्रयास आवश्यक रहेको बताउनुभयो। उहाँले नागरिक समाज, संघसंस्था र स्थानीय समुदायसँग सहकार्य गर्दै उपमहानगरपालिकाले यस विषयमा जागरण र नियन्त्रणका कार्यक्रम अघि बढाइरहेको जानकारी दिनुभयो।

‘तिनै तहका सरकार मिली गरौँ हातेमालो, मानव बेचबिखनको हटौँ दुष्चक्रको जालो’ भन्ने नारासहित सम्पन्न कार्यक्रममा सहभागीहरुले आफ्ना धारणा राख्दै मानव बेचविखन नियन्त्रणका लागि जनचेतना अभिवृद्धि, कानुनी कारबाही कडाइका साथ कार्यान्वयन र पीडितहरुको पुनःस्थापना जस्ता मुद्दामा जोड दिएका थिए।

कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघ, मानव अधिकार संरक्षण तथा मानव बेचविखन विरुद्ध सञ्जाल मकवानपुर लगायतका संस्थाहरुको सहकार्य रहेको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.