न्वागी पर्वको अवसरमा बागमती प्रदेशमा सार्वजनिक विदा घोषणा

हेटौँडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायको नयाँ वर्ष मानिने न्वागी पर्व (छोनाम) को अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बिहीबार जारी गरेको सूचनाअनुसार आगामी भदौ २२ गते आइतबार मकवानपुर, चितवन र धादिङ जिल्लामा रहेका सरकारी कार्यालय, शैक्षिक संस्था तथा सार्वजनिक निकाय बन्द रहनेछन्।

मन्त्रालयकी सहप्रवक्ता रबिता कार्कीले जारी गरेको सूचनामा यो निर्णय प्रदेश राजपत्रमा समेत प्रकाशित भएको उल्लेख छ।

चेपाङ समुदायले हरेक वर्ष भदौ महिनामा न्वागी पर्वलाई नयाँ वर्षको रूपमा मनाउँदै आएका छन्। यस पर्वमा नयाँ अन्न देवीदेवतामा अर्पण गर्ने, धार्मिक तथा सांस्कृतिक कार्यक्रम गर्ने परम्परा रहेको छ।

यसैबीच मकवानपुरको राक्सिराङ गाउँपालिकाले पनि न्वागी पर्वको अवसरमा स्थानीय तहमा तीन दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.