मकवानपुरमा कर्फ्यू र निषेधाज्ञा हट्यो

मकवानपुर । मकवानपुरमा जारी कर्फ्यू र निषेधाज्ञा हटाइएको छ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले शनिबार बिहान १० बजेदेखि लागू हुनेगरी कर्फ्यू तथा निषेधाज्ञा हटाइएको जनाएको हो। कार्यालयले विज्ञप्ति जारी गर्दै पछिल्लो समय देशमा विकसित घटनाक्रम र त्यसपछि उत्पन्न असहज अवस्था क्रमशः सामान्य बन्दै गएको भन्दै कर्फ्यू हटाउने निर्णय गरिएको स्पष्ट पारेको छ।

मकवानपुरमा मंगलबारदेखि पटक–पटक गर्दै अनिश्चितकालीन कर्फ्यू लागू गरिएको थियो। सुरक्षात्मक कारणले लिइएको सो निर्णय हटाइएसँगै सामान्य जनजीवन पूर्ववत् हुन थालेको जनाइएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.