मकवानपुर । मिजार समाज नेपाल, मनहरी गाउँपालिकाले आफ्नो प्रथम भेला मनहरी गाउँपालिका–९, रजैयास्थित अग्निहोत्र आश्रममा शनिबार सम्पन्न गरेको छ । भेलाले मिजार समाजलाई सशक्त, संगठित र एकताबद्ध बनाउन १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ ।
नवगठित समितिको अध्यक्षमा संगिता मालबुले (मिजार) निर्वाचित भएकी छन् भने बरिष्ठ उपाध्यक्षमा राजु मिजार, महिला उपाध्यक्षमा काली मिजार, सचिवमा अस्मिना मिजार, सह–सचिवमा शान्ता मिजार र कोषाध्यक्षमा राममाया नेपाली (मिजार) चयन भएका छन् । सदस्यहरूमा कृष्णबहादुर बिसुन्के (मिजार), अनु मिजार, कमला मग्राती (मिजार), सोमबहादुर बिसुन्के (मिजार), जुना मिजार, सानू (मनिता) मिजार र मुसे मिजार रहेका छन् ।
भेलाको सभाध्यक्षता मिजार समाज मकवानपुरका जिल्ला सचिव वीर बहादुर मिजारले गरेका थिए । कार्यक्रममा जिल्ला वरिष्ठ उपाध्यक्ष सुरेश ‘बेरोजगार’ मिजार प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने विशेष अतिथिहरूमा जिल्ला महिला उपाध्यक्ष चमेली मिजार, जिल्ला कोषाध्यक्ष संगीता दवाडी (मिजार), जिल्ला सदस्य सिमा मिजार तथा समाजसेवी एवं पूर्व महिला जनप्रतिनिधि इन्द्रकुमारी मिजार रहेका थिए । कार्यक्रममा जिल्ला सह–सचिव प्रकाश मिजारले सञ्चालन गरेका थिए ।
सभामा सहभागीहरूले मिजार समाजको ऐतिहासिक पृष्ठभूमि, सामाजिक योगदान, हक–अधिकार र आगामी मार्गचित्रबारे आ–आफ्ना धारणा राख्दै समाजलाई संस्थागत ढंगले अघि बढाउनुपर्नेमा जोड दिएका थिए ।



































