मकवानपुर। मकवानपुरको कैलाश गाउपालिकामा ३ दिने न्युङ्ने उपवास कार्यक्रम भइरहेको छ।कैलाश-२ बैकुण्ठमा असोज १३ देखि असोज १६ गते सम्म नेपाल अहिंशावादी बौद्ध धर्म विश्वशान्ती चक्र संघ टासी थर्पे छ्योईलिङ गोन्पा मकवानपुरको आयोजना गरिएको कैलाश गाउपालिका वडा नम्बर 2 का अध्यक्ष राजेन्द्र घिसिङले जानकारी दिएका छन ।
कार्यक्रममा लामा गुरु लामा किरण को नेतृत्व र गुम्बा ब्यबस्थापन समितिको ब्यबस्थापनमा न्युङ्ने उपबास हुदै र जम्मा २२ जना उपाशिकाहरु सहभागि कार्यक्रम आसोज-१६ गते वाङ अविशेष गरि सम्पन्न हुने घिसिङले बताए।
दशैमा बलिको नाममा लाखौ निमुखा प्राणीहरुको बलि दिएर प्राणी हत्या हुने र ती सम्पूर्ण प्राणीहरुको उद्दारको कामना र देशमा पछिल्लो राजनितिक घटनाक्रममा गते भाद्र २३ र २४ गते भएको जेन्जी आन्दोलनमा सहिद हुनेहरुको चीर शान्ती तथा देशमा सुख शान्तीको कामना सहित न्युङ्ने ब्रत बसेको आयोजकले बताए ।
मानब जिबनमा १ पटक न्युङ्ने ब्रत बस्दा ८० कल्पा पाप कट्टी हुने बौद्ध ग्रन्थमा उल्लेख छ।
गुम्बाको ब्यबस्थापन समितिको अध्यक्ष श्री राम चन्द्र घिसिङ , प्रमुख लामा पेमा लामा रहेको थियो। प्रमुख लामा पेमा लामा अन्यत्र कार्यक्रममा जानुपर्ने भएकोले लामा किरणलाई जिम्मेवारी दिएको आयोजकले बताए। न्युङ्ने ब्रत को लागि थुप्रै श्रद्धालु भक्तजनहरुले नगद र जिन्सी सहयोग गरेको समितिले बताए ।
कैलाशमा रहेको यो गुम्बा २०६२ मा स्थापित भएको थियो भने २०७२ को बिनाशकारी भुकम्पद्वारा क्षेतिग्रस्त बनाई पुन निर्माण गरि २०८२ बैशाखबाट पूर्ण रुपमा सन्चालनमा आएको थियो।






















































