मकवानपुर। नेपालीहरुकाो उज्यालोको पर्वका चाड यमपञ्चक अर्थात् तिहार आजदेखि आरम्भ हुँदैछ ।तिहार प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइन्छ ।
काग तिहार भने आइतबार परेको बताएको छ। बेलुकी त्रयोदशी तिथि परेका दिन धनत्रयोदशी एवं यमदीपदान पर्व मनाउने शास्त्रीय मान्यता छ ।तिथिको घटबढका कारण सोमबार कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको पनि समितिले जनाएको छ ।कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गरिन्छ ।
कात्तिक २ गते आइतबार अरुणोदयकालमा नरक स्नान गरेर बिहान कुकुर तिहार मनाइने र बेलुकी लक्ष्मीपूजा गर्नुपर्ने समितिले बताए ।कात्तिक ६ गते बिहीबार भाइटीका लगाउनुपर्ने समितिले जनाएको छ । यस दिन बिहान ११ः३९ बजे भाइटीकाको शुभ साइत रहेको बताएको छ ।
नेपालीहरुकाो उज्यालोको पर्वका चाड भनिने तिहारका अवसरमा एक हप्ता अघिदेखि देशका विभिन्न प्रमुख शहरमा थरी थरीका बत्ती बाल्न र किनबेच गर्न सुरु भइसकेको छ भने उज्यालोले शहरमा घुम्दा समेत मन आनन्दित हुन्छ । शहर मात्र हाइन देशमा गाउँगाउँमा पनि उज्यालो छाएको छन ।






















































