वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आह्वान

देशभर साधरणतया बदली र गण्डकी र बागमती प्रदेशको केही भूभागहरुमा छिटपुट वर्षा भइरहेको छ ।

आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भूभागमा साधरणतया बदली रही तराई भूभागमा आंशिक बदली रहने छ ।

गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा मध्यम वर्षासहित हिमपातको सम्भावना रहेको छ । गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा भारी वर्षासहित हिमपातको पनि सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

राति बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत बाँकी पहाडी भूभाग र तराई भूभागहरुमा साधरणतया बदली रहने छ । गण्डकी, बागमती , लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका केहि स्थानहरुमा मध्यम वर्षासहित हिमपातको सम्भावना रहेको छ ।

गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा भारी वर्षासहित हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

मौसमविदहरुका अनुसार विहीबारदेखि फेरि बंगालको खाडीमा विकसित चक्रवातको आंशिक प्रभावले शनिबारसम्म वर्षा तथा हिमपातको सम्भावना छ । यसको प्रभाव नेपालको मध्य भागदेखि पूर्वी भागसम्म पर्ने पूर्वानुमान छ ।

आवश्यक सतर्कता अपनाउन र पछिल्लो मौसमी सूचनाको जानकारी लिन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूलाई महाशाखाले अनुरोध गरेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.