मकवानपुर। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले वित्तीय संघीयता सुदृढीकरण तथा आगामी कार्यदिशा विषयक एक दिवसीय अन्तरक्रियात्मक गोष्ठीमा प्रस्नै प्रस्न गरेका छन । आज शनिबार हेटौंडामा ७ वटै प्रदेशका अर्थमन्त्रीज्यूहरु र अर्थ सचिवहरुको वित्तीय संघीयता सुदृढीकरण तथा आगामी कार्यदिशा विषयक एक दिवसीय अन्तरक्रियात्मक गोष्ठीमा प्रश्नै प्रश्न गरेका हुन ।
मुख्यमन्त्री बानियाँले भने– हामिले मुलुक ठिक ठिक ढङ्गले चलाउन सकेनौ कि? कहि अल्झेउ कि? कहिँ अल्मलेउ कि?
कहिँ साझा तथा एकल अधिकारको कुरामा हामी अल्झेउ कि?त्यसलाइ तिब्र रुपमा काम गर्न सकेनौ कि? जनतालाई भरोसा र विस्वास जगाउने कुरामा कहिँ हाम्रो कमजोरी भयो कि? बानियाँले भने ।
आर्थिक मामिला तथा योजना मन्त्रालय बागमती प्रदेशको आयोजनामा र बागमती प्रदेशका माननीय मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।




































