मकवानपुर फास्टट्र्याकमा ट्याक्टर दुर्घटना : २१ जना घाइते, तीन जनाकोे मृत्यु

मकवानपुरको बकैया गाउँपालिका–७ स्थित फास्टट्र्याकमा ट्याक्टर दुर्घटना भएको छ । दुर्घटनामा सुरुमा दुई जनाको मृत्यु भएको थियो भने यो समाचार तयार पार्दा सम्म मृतकको संख्या तीन पुगेकोे छ ।

मंगलबार दिउँसो खाना खाएर फास्टट्र्याकमा काम गर्न जाने मजदुर बोकेको लु ५ त १७४ नम्बरको ट्याक्टर दुर्घटनामा परेको थियो। दुर्घटनामा परेर कुल २१ जना घाइते भएका थिए।

घाइतेमध्ये १८ जनाको हाल उपचार भइरहेको छ। तीमध्ये ६ जनाको हेटौंडा अस्पताल र १२ जनाको चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। अस्पताल स्रोतका अनुसार अधिकांश घाइतेको अवस्था मध्यम रहेको छ।

दुर्घटनामा घाइते भएका बकैया गाउँपालिका–७ का ५० वर्षीय युवराज माझीको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। यसअघि सोही दुर्घटनामा घाइते भएका केशवलाल माझी र सन्तलाल माझीको अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको थियो। दुवै जना बकैया गाउँपालिका–७ अधेरीका बासिन्दा हुन्।

प्रारम्भिक अनुसन्धान अनुसार ट्याक्टरको पछाडिको टेलर खसेपछि दुर्घटना भएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.