शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले योग, ध्यान र साधनाले भ्रष्टाचार हट्न सक्ने सम्भावना रहेको बताउनुभएको छ ।
विश्व ध्यान दिवसको अवसरमा आज एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पुनले मनलाई शुद्ध पार्नुपर्ने अहिलेको आवश्यकता भएको बताउनुभयो । मन शुद्ध नभए लोभ, लालसा, घमण्ड पैदा हुने र भ्रष्टाचार मौलाउने मन्त्री पुनको भनाइ छ । भ्रष्टाचार हटाउने औषधि बन्न नसक्ने तर योगले मन शुद्ध बनाउने भएकाले भ्रष्टाचार हट्न सक्ने उहाँको तर्क छ ।
गएको वर्षको डिसेम्बर ७ मा संयुक्त राष्ट्रसङ्घले हरेक वर्ष २१ डिसेम्बरलाई विश्व ध्यान दिवसका रूपमा मनाउने घोषणा गरेको हो । यो वर्ष ‘विश्व शान्ति र सद्भावनका लागि ध्यान’ नाराका साथ यो दिवस मनाइँदै छ ।
प्रतिकृया दिनुहोस्



































