परदेशको पसिनाले जन्माएको सेवा: चण्डिका माविमा निःशुल्क कपाल कटाई कार्यक्रम

मकवानपुरगढी । मलेसियाबाट फर्किएका नेपालीहरूद्वारा गठित मलेसियन रिटर्नीज परिवार नेपालले ख्रीष्टमसको अवसरमा मकवानपुरगढी गाउँपालिका–२ स्थित श्री चण्डिका माध्यमिक विद्यालयमा निःशुल्क कपाल कटाई कार्यक्रम सञ्चालन गरेको छ।
आज मंगलबार विद्यालय परिसरमा आयोजना गरिएको कार्यक्रममा ५२ जनाको निःशुल्क कपाल कटाई गरिएको हो।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार गोले तथा मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष बखानसिं पाख्रिन लगायतको उपस्थिति रहेको थियो।

संस्थाले परदेशमा आर्जन गरेको सीप र अनुभवलाई समाज सेवामा प्रयोग गर्ने उद्देश्यका साथ यस्ता कार्यक्रम गर्दै आएको जनाएको छ। “जे जानेको छ, त्यही सेवा गर्ने र नजानेका व्यक्तिलाई तालिम दिएर सीप सिकाउँदै सामाजिक कार्यक्रममा सहभागी गराउने हाम्रो लक्ष्य हो,” संस्थाले जानकारी दिएको छ।

आजकै दिन पनि संस्थाले मकवानपुरगढी गाउँपालिका अन्तर्गतकै हेमकण आधारभूत विद्यालय मा निःशुल्क कपाल कटाई कार्यक्रम सञ्चालन गर्दै ४५ जनाको कपाल कटाई गर्नुका साथै ४५ जना विद्यार्थीलाई विद्यालय ब्याग वितरण गरेको थियो।
ख्रीष्टमस पर्वको अवसरमा गरिएको उक्त कार्यक्रमले विद्यालय र स्थानीय समुदायमा सेवा, सहयोग र एकताको सन्देश दिएको सहभागीहरूले बताएका छन्।

कार्यक्रम मलेसियन रिटर्नीज परिवार नेपाल को आयोजनामा सम्पन्न भएको हो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.