मकवानपुरबाट विभिन्न अपराधमा दोषी पाँच जना फरार पक्राउ

अदालतबाट विभिन्न आपराधिक मुद्दामा दोषी ठहर भई फरार रहेका पाँच जनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरले उनीहरूलाई विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो।

कुटपिट मुद्दामा १ वर्ष ६ महिना कैद सजाय पाएका हेटौंडा उपमहानगरपालिका–९ का ३५ वर्षीय प्रदीप उपाध्याय घरमै लुकीछिपी बसेको अवस्थामा पक्राउ परेका छन्। चोरी मुद्दामा २५ दिन कैद सजाय तोकिएका बाग्मती गाउँपालिका–७ का २९ वर्षीय भोजबहादुर कमरलाई पनि गाउँबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ।

डाँका मुद्दामा २० हजार रुपैयाँ जरिवाना तोकिएका हेटौंडा–४ का २० वर्षीय दिलबहादुर साह, बकैया गाउँपालिकाका धनबहादुर मोक्तान तथा वैवाहिक जबरजस्ती करणी मुद्दाका अभियुक्त हेटौंडा–५ का २५ वर्षीय राकेश दुवेलाई पनि प्रहरीले पक्राउ गरेको छ।

पक्राउ परेका पाँचै जनालाई कैद र जरिवाना असुलीका लागि बुधबार नै जिल्ला अदालत मकवानपुरमा पेस गरिएको प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता पुस्कर बोगटीले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.