बालेन–रवि–कुलमानबीच एकताको हस्ताक्षर, नयाँ राजनीतिक सन्देश

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन), राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टीका संरक्षक तथा ऊर्जा मन्त्री कुलमान घिसिङबीच पार्टी एकताका लागि आज हस्ताक्षर हुने तयारी अन्तिम चरणमा पुगेको छ।

विश्वसनीय स्रोतका अनुसार कुनै अप्रत्याशित परिवर्तन नभए आज साँझसम्म तीनै नेताबीच औपचारिक रूपमा एकताको दस्तखत हुने छ। हस्ताक्षर अघि आ–आफ्ना पक्षबाट आवश्यक गृहकार्य सकाएर सामूहिक भेटघाटको तयारी भइरहेको बताइएको छ।

‘सबै नेताहरू एउटै ठाउँमा बसेर अन्तिम छलफल गरेपछि आजै सहमतिमा हस्ताक्षर हुन्छ,’ स्रोतले जनाएको छ। सहमति सम्पन्न भए भोलि एकता घोषणा सभा आयोजना गर्ने तयारी समेत गरिएको छ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै वैकल्पिक राजनीतिक शक्ति र जेन–जी पुस्तालाई एक ठाउँमा ल्याएर परम्परागत राजनीतिक शक्तिलाई कडा चुनौती दिने रणनीतिका रूपमा यो एकतालाई हेरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.