फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरू चुनावी तयारीमा जुटेका छन्। आज समानुपातिक प्रणालीतर्फका उम्मेदवारको बन्द सूची बुझाउने अन्तिम दिन भएकाले दलहरू नाम टुंग्याउन व्यस्त छन्।
निर्वाचन आयोगका अनुसार दलहरूले आजसम्म बन्द सूची दर्ता गराउनुपर्नेछ। बुझाइएका सूचीको भोलिदेखि प्रारम्भिक जाँच हुनेछ र आवश्यक परे सच्याउन दलहरूलाई समय दिइनेछ। आयोगले माघ ४ गते सूची सार्वजनिक गर्ने र माघ २० गते अन्तिम सूची प्रकाशन गर्ने जनाएको छ।
हिजो तीन साना दलले १ सय ३४ जनाको बन्द सूची बुझाइसकेका छन्। मुख्य दलहरू नेपाली कांग्रेस, एमाले, नेकपा, रास्वपा र राप्रपाले आज सूची बुझाउनेछन्। यसअघि १ सय राजनीतिक दल समानुपातिकतर्फ निर्वाचनमा सहभागी हुन दर्ता भइसकेका छन्।
प्रतिकृया दिनुहोस्






















































