रास्वपाको बन्द सूचीमा बालेनतर्फबाट ४० नाम सिफारिस हुने

आगामी निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रधानमन्त्री पदका उम्मेदवार रहेका काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले समानुपातिक प्रणालीतर्फका उम्मेदवारको बन्द सूची बनाउन तयारी सुरु गरेका छन्। रास्वपासँगको सहमतिअनुसार ११० जनाको बन्द सूचीमध्ये बालेनले ४० जनाको नाम सिफारिस गर्ने तयारी गरेका हुन्।

स्रोतका अनुसार केही उम्मेदवार बालेन र रास्वपा दुवैको साझा हुन सक्छन्। बालेनको सचिवालयले योग्य र समावेशी उम्मेदवार छनोटमा जोड दिइएको जनाएको छ।

समानुपातिक सूची निर्माण प्राविधिक र जटिल हुने भएकाले निर्वाचन आयोगको सफ्टवेयर प्रयोग गरी कानुनअनुसार विभिन्न क्लस्टर मिलाइँदैछ। सूचीमा कसलाई कहाँ राख्ने भन्ने विषयमा बालेन टिमभित्र छलफल भइरहेको र बालेन आफैँ पनि सरोकारवालासँग परामर्शमा जुटेको सचिवालयले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.