राष्ट्रिय जनसंख्या नीति २०८२ हेटौंडामा सार्वजनिक

राष्ट्रिय जनसंख्या नीति २०८२ सम्बन्धी सार्वजनिकरण तथा अभिमुखीकरण कार्यक्रम आज हेटौंडामा सम्पन्न भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजना र बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयको समन्वयमा कार्यक्रम सञ्चालन गरिएको हो।

कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापामगरले हाल सरकारले जनसंख्या घट्दो क्रममा रहेका ग्रामीण क्षेत्रमा प्राथमिकताका साथ पूर्वाधार विकास गर्दै आएको बताए। जनसंख्या कम भएका कारण ती क्षेत्रमा सडक, खानेपानी, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत क्षेत्रमा राज्यको स्रोत–साधन बढी खर्चिनु परेको उनको भनाइ थियो।

अबको विकासको मोडेल भने जनसंख्या धेरै भएका क्षेत्रमा बढी र कम भएका क्षेत्रमा सीमित खर्च गर्ने नीतिमा आधारित हुनुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, हेटौंडा उपमहानगरपालिकाका मेयर मिना कुमारी लामा लगायतका वक्ताहरूले पनि राष्ट्रिय जनसंख्या नीतिका विषयमा आ–आफ्ना धारणा राखेका थिए। कार्यक्रममा प्रदेशका विभिन्न मन्त्रालयका कर्मचारीहरूको सहभागिता रहेको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.