फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले आचारसंहिता लागू गरेको छ। आचारसंहिताअनुसार सरकारी तथा अर्धसरकारी निकायले कुनै पनि दल वा उम्मेदवारको पक्ष वा विपक्षमा गतिविधि गर्न पाउने छैनन्। सरकारी स्रोत, साधन र सम्पत्ति चुनावी प्रयोजनमा प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ।
सरकारी कार्यालय, सार्वजनिक संस्था तथा शैक्षिक संस्थाको परिसरमा चुनावी भेला र प्रचार गर्न नपाइने व्यवस्था गरिएको छ। निर्वाचन चिह्न भएका कपडा, सामग्री वा साङ्केतिक वस्तु उत्पादन, प्रयोग वा वितरण गर्न पनि रोक लगाइएको छ।
निजी घरजग्गामा स्वीकृति बिना प्रचार गर्न पाइँदैन। बालबालिकालाई प्रचारमा प्रयोग गर्न, सार्वजनिक यातायात अवरुद्ध हुने जुलुस वा सभा गर्न तथा सामाजिक सञ्जालमा भ्रामक वा द्वेषपूर्ण सूचना फैलाउन पनि निषेध गरिएको छ।
प्रतिकृया दिनुहोस्



































