आईसीसी टी–२० विश्वकप २०२६ को ट्रफी नेपाल आइपुग्यो

आईसीसी टी–२० विश्वकप २०२६ को ट्रफी नेपाल आइपुगेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज शीतल निवासमा आयोजित कार्यक्रममा क्यान अध्यक्ष चतुरबहादुर चन्द र कप्तान रोहितकुमार पौडेलसँग संयुक्त रूपमा ट्रफी सार्वजनिक गर्नुभयो ।

‘ट्रफी टुर’ अन्तर्गत पोखरा, वसन्तपुर र बौद्धनाथमा ट्रफी प्रदर्शनी गरिने क्यानले जनाएको छ । ट्रफी सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले यसलाई नेपालका लागि गौरवपूर्ण क्षण भन्दै नेपाली क्रिकेटको विकासतर्फ सकारात्मक सन्देश गएको बताउनुभयो ।

टी–२० विश्वकपको ट्रफी नेपालमा पहिलो पटक आएको हो । प्रतियोगिता फेब्रुअरी ७ देखि भारत र श्रीलङ्कामा हुँदैछ, जसमा नेपाल समूह ‘सी’ मा रहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.