हेटौंडा उपमहानगरपालिकाको नगरसभा पुस २५ गते बस्ने निर्णय गरिएको छ। नगर प्रवक्ता सविन न्यौपानेका अनुसार, पुसमा बजेट संशोधनको लागि नगरसभा ६ महिनामा एकपटक बस्ने प्रचलनअनुसार बैठक आह्वान गरिएको हो। पुस २२ गते बसेको बैठकले नगरसभा बोलाउने निर्णय गरेको थियो, र सोही निर्णयअनुसार नगरसभाको आन्तरिक तयारी भइरहेको छ।
प्रवक्ता न्यौपानेले भने, “जेनजी आन्दोलनले धेरै क्षति पुर्याएपछि त्यसको समायोजन गर्दै बजेट संशोधन गर्नुपर्ने आवश्यकता परेकोले नगरसभा केही ढिलाइ भएको हो।”
प्रतिकृया दिनुहोस्




































