हेटौंडा । ‘माछी खोलिमा–१’ बाट दर्शक–श्रोताको अपार माया पाएका मकवानपुरे युवा गायक जनक लामा पुनः नयाँ गीत ‘माछी खोलिमा–२’ लिएर आएका छन्। गीत शुक्रबार औपचारिक रूपमा सार्वजनिक गरिएको हो।
लोकल स्वाद, भावनात्मक शब्द र कर्णप्रिय संगीतले सजिएको ‘माछी खोलिमा–२’ जनक लामाको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ। यस गीतमा जनक लामासँगै जितु लोप्चनको स्वर रहेको छ।
गीतका शब्द प्रज्वल दोङले लेखेका हुन् भने संगीत चेन तामाङले भरेका छन्। एरेन्ज, मिक्सिङ तथा मास्टरिङको जिम्मेवारी सानुबाबु घिसिङले सम्हालेका छन्। गीतको भिडियो पक्ष पनि आकर्षक बनेको छ।
पहिलो श्रृंखलाले पाएको सफलतापछि दोस्रो भागमा पनि उस्तै भाव, कथा र सांगीतिक मिठास प्रस्तुत गरिएको गायक जनक लामाले बताएका छन्। उनले दर्शक–श्रोताको निरन्तर साथ र मायाको अपेक्षा गरेका छन्। जनक लामा अफिसियल युट्युब च्यानलमार्फत हेर्न तथा सुन्न सकिनेछ।
भिडियो हेर्नुहोस: https://youtu.be/DTAG6oigY2U?si=EnlY0BNHoqI-Kg2A
प्रतिकृया दिनुहोस्



































