नेपाल पत्रकार महासङ्घका पूर्वसभापति होमनाथ दाहालको निधन

नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा तथा नेपाल पत्रकार महासङ्घका पूर्वसभापति होमनाथ दाहालको गए राति निधन भएको छ ।

केही समयदेखि घुँडासम्बन्धी सस्याबाट अस्वस्थ्य भई मैतीदेवीस्थित आफ्नै घरमै उपचारमा रहनुभएका ८४ वर्षीय पूर्वकृषि, सहकारी तथा गरिबी निवारणमन्त्री दाहाललाई हृदयाघात भएपछि उपचारका क्रममा गए राति वीरअस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

ओखलढुङ्गा जिल्लाको तत्कालीन बरुणेश्वर गाउँपालिकामा जन्मनुभएका दाहाल नेपाली कांग्रेसको मुखपत्र राष्ट्रपुकार साप्ताहिकको सम्पादक हुनुहुन्थ्यो । उहाँले नेपाली कांग्रेस ओखलढुङ्गा जिल्ला सदस्य तथा तत्कालीन नेपाली कांग्रेस ९प्रजातान्त्रिक०का केन्द्रीय सदस्यसमेत भएर जिम्मेवारी सम्हाल्नुभयो । उहाँका पार्थिव शरीर आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ । उहाँका श्रीमती, दुई छोरा हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.