वडास्तरमा भूमि अधिकार समिति गठन

राष्ट्रिय भूमि अधिकार मञ्च नेपालअन्तर्गत हेटौंडा उपमहानगरपालिका–१३ नम्बर वडाको वडा कमिटी गठन गरिएको छ। वडास्तरीय भेलाबाट विजय जिम्बाको अध्यक्षतामा १३ सदस्यीय वडा कमिटी सर्वसम्मत रूपमा चयन गरिएको हो।

कमिटी गठन कार्यक्रम मञ्चका नगर अध्यक्ष गोबिन्दप्रसाद न्यौपानेको सभाध्यक्षतामा सम्पन्न भएको थियो भने वडा नम्बर १३ की वडा सदस्य सानुमाया नेपाली प्रमुख अतिथिका रूपमा उपस्थित थिइन्।

नवगठित कमिटीको उपाध्यक्षमा सुकुमाया जिम्बा, सचिवमा शर्मिला घिमिरे, सहसचिवमा रितु नगरकोटी र कोषाध्यक्षमा सबिना घलान चयन भएका छन्।
यसैगरी सदस्यहरूमा दिलकुमारी विश्वकर्मा, प्रकाश जिम्बा, पार्वती विश्वकर्मा, आशमान स्यांतान, पदमबहादुर विश्वकर्मा, सन्तकुमार विश्वकर्मा, निर्माया सुनार र प्रेमबहादुर घिसिङ रहेका छन्।

जिल्ला मञ्चकी सहसचिव रुक्मिणी तिमल्सिनाको संयोजकत्वमा सम्पन्न उक्त वडा भेलामा मञ्चका नगर सचिव लक्ष्मणबहादुर निरौला तथा हेटौंडा उपमहानगरपालिका–११ नम्बर वडाको दलित कमिटी अध्यक्ष लक्ष्मी सेञ्चुरीको समेत उपस्थिति रहेको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.