रास्वपा र उज्यालो नेपालबीचको सहकार्य १२ दिनमै समाप्त

कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी एकता एकतर्फी रुपमा भंग गरेको आरोप लगाएका छन्।

उनले रास्वपा र उज्यालो नेपाल पार्टीको एकता भंग भएकोमा अत्यन्तै दुस्ख लागेको बताउँदै रास्वपाले १२ दिनपछि एकतर्फी रुपमा एकता नगर्ने भनेर एकता भंग गरेको आरोप लगाएका हुन्।

एकता भंग भएसँगै घिसिङ उज्यालो नेपाल पार्टीको अध्यक्षसमेत भएका छन्। त्यसपछि शनिबार नै भएको पत्रकार सम्मेलनमा आफूहरू अत्यन्तै लचक हुँदा पनि संघीयता, समावेशीताका विषय र आफ्ना केही साथीहरूलाई समायोजन गर्ने विषयमा कुरा नमिलेको बताए।

‘उहाँहरूले एकतर्फी रुपमा एकता तोड्नुभयो। त्यसैले हामी पनि आज आफ्नो रुपमा बढाउने तयारीमा लागेका हौँ’, उनले भने। देशभर उनले आफ्ना उम्मेदवार उठाउने पनि बताए।

पदको बार्गेनिङ गरियो भनेर सञ्चारमाध्यममा आएका कुरा गलत भएको उनले दाबी गरे। आफू साधारण सदस्य भएर बस्न पनि तयार भएको उनको भनाइ थियो।

उनले भने, ‘हाम्रा साथीहरुले कुनै ठूलो डिमाण्ड राखेको थिएन। पदको ठूलो बार्गेनिङ गरियो भनेर सञ्चारमाध्यममा आएको छ, त्यो कुरा गलत हो। म आफैँ एउटा उपाध्यक्ष तर वरियता क्रममा धेरै तल भएर पनि सहेर गएको थिएँ। मैले साधारण सदस्य भएर बस्छु, हाम्रा साथीहरु केन्द्रीय सदस्यहरुलाई केही हेर्नुपर्छ भनेको थिएँ। ठूलो विषय थिएन।’

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.