मकवानपुरको धार्मिक तथा पर्यटकीय स्थल कुष्माण्ड सरोवर त्रिवेणी धाममा यस वर्ष पितृमोक्ष र आत्मशान्तिका लागि १ महिने गरुड महापुराण वाचन हुने भएको छ। कार्यक्रममा दैनिक पूजा–अर्चना, प्रवचन, भजन–कीर्तन, श्राद्ध तथा तर्पण जस्ता वैदिक अनुष्ठान सञ्चालन हुनेछन्।
कुष्माण्ड सरोवर त्रिवेणी धाम विकास समितिका अध्यक्ष ईश्वरी प्रसाद न्यौपानेका अनुसार पण्डित गोपाल चालिसे, जिबराज बख्रेल र यदु अधिकारीले पाठ सम्पन्न गर्नेछन्। वाचनमार्फत श्रद्धालुहरूले पितृप्रति कर्तव्यबोध गर्दै धार्मिक चेतना बढाउने अवसर पाउनेछन्।
आयोजकका अनुसार मकवानपुरसहित आसपासका जिल्लाबाट ठूलो संख्यामा भक्तजनको सहभागिता रहने अपेक्षा गरिएको छ। कार्यक्रम सभ्य, भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न सुरक्षा, सरसफाइ र यातायातको विशेष व्यवस्था गरिएको छ।
प्रतिकृया दिनुहोस्















