लायन्स क्लब अफ हेटौँडा बजार ग्रिनसिटीले हेटौँडाको नवलपुरमा रहेको मामाघर नेपाललाई खाद्यान्न सामग्रीको सहयोग गरेको छ।
क्लबका अध्यक्ष दीपेशमणि भण्डारी, कार्यक्रम संयोजक राज देब बानिया, व्यवस्थापक दीपक बर्णवाल र पूर्वअध्यक्ष राजेश वाग्ले सहितको टोलीले मामाघर नेपालमा पुगेर बालबालिकाका लागि आवश्यक खाद्यान्न सहयोग प्रदान गरेको हो।
यस सहयोगलाई क्लबले आफ्नो सेवा सप्ताहको एक भागको रूपमा अघि बढाएको हो। पूर्वअध्यक्ष राजेश वाग्लेले भने, “हामीले समाजका विभिन्न वर्गको लागि यस्तो सेवा निरन्तर गर्दै जाऔं भन्ने उद्देश्य राखेर यो कदम चालेका छौँ।”
क्लबले अघिल्लो वर्षहरूमा पनि अक्सिजन बैंक स्थापना र सडकआश्रितलाई निशुल्क भोजन सेवा उपलब्ध गराएको थियो। आगामी दिनहरूमा पनि यस्ता सामाजिक कार्यहरू जारी राख्ने क्लबले जनाएका छन्।
प्रतिकृया दिनुहोस्



































