नेपाली कांग्रेसको विशेष महाधिवेशन काठमाण्डौको भृकुटीमण्डपमा आजदेखि सुरु भएको छ। महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको नाम दर्ता भइरहेको छ।
आयोगका अनुसार आज बेलुकी ५ बजेसम्म २ हजार ३५ जना महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराएका छन्। पहिलो दिन आठ वटा स्टलबाट दर्ता प्रक्रिया सञ्चालन गरिएको छ।
कांग्रेसका अनुसार कर्णाली र सुदूरपश्चिम, विदेशस्थित जनसम्पर्क समिति, भ्रातृ तथा शुभेच्छुक संस्था, उपत्यकाका तीन जिल्ला र बाँकी पाँच प्रदेशका लागि छुट्टाछुट्टै स्टल राखिएको छ। कांग्रेसका कुल ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधि छन्।
यसअघि महाधिवेशन उद्घाटनअघि काठमाण्डौका विभिन्न स्थानबाट जुलुस निकालिएको थियो। उद्घाटनपछि भृकुटीमण्डपको सभाहलमा बन्दसत्र सञ्चालन हुने जनाइएको छ।
प्रतिकृया दिनुहोस्






















































