विशेष महाधिवेशनपछि कांग्रेसलाई एकताबद्ध गर्दै अघि बढ्ने विश्वप्रकाश शर्माको प्रतिबद्धता

नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमा सहभागी नभएका नेता तथा कार्यकर्तालाई पनि समेटेर पार्टीलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

विशेष महाधिवेशनमार्फत उपसभापतिमा निर्वाचित भएपछि शर्माले भिडियो सन्देश जारी गर्दै गगन थापाको नेतृत्वमा कांग्रेसलाई वैधानिकता दिने निर्णय भइसकेको उल्लेख गरे। उनले पार्टीभित्र छुटेका सबै पक्षलाई समावेश गर्दै एकताका साथ नयाँ दिशामा अघि बढ्ने बताए।

कांग्रेस अब पुरानै ढर्रामा होइन, समयअनुकूल नवीन सोच र कार्यशैलीसहित अगाडि बढ्ने शर्माको भनाइ छ। उनले भदौ २३ र २४ गते देखिएको ‘जेनजी आन्दोलन’को भावनालाई आत्मसात् गर्दै पार्टीले अघि सारेको उदारवादी आर्थिक नीतिलाई व्यवहारमा उतारेर अघि बढ्ने स्पष्ट पारे।

यता, शेरबहादुर देउवा नेतृत्वको कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले भने १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिलाई बेवास्ता गर्दै गरिएको निर्णय अस्वीकार्य रहेको बताएका छन्। निर्वाचन आयोगले नियोजित ढंगले निर्णय गरेको उनको आरोप छ।

खड्काले कांग्रेसको संस्थापन पक्षले उक्त निर्णयविरुद्ध कानुनी र राजनीतिक दुवै तहमा संघर्ष गर्ने चेतावनीसमेत दिएका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.